काठमाडौं - बीमा समितिले बीमा अभिकर्तालाई दिइने कर्जामा रोक लागाएको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७६ लाई संशोधिन गरी अभिकर्तालाई दिइने कर्जा रोक लागाएको हो ।
अभिकर्तालाई प्रदान गर्ने कर्जा बीमा व्यवसायमा अनुत्पादक हुने भन्दै समितिले कर्जा प्रदान गर्ने व्यवस्था हटाएको छ । बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिन बाहेक कुनै किसिमको कर्जा दिन नपाउने निर्देशिकामा उल्लेख छ । यस्तै कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम बीमकले आफ्नो कर्मचारीलाई सापटी कर्जा दिन पाउने पनि व्यवस्था गरेको छ ।
यस अघि बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई प्रोत्साहन बापत नगद सहित घर÷जग्गा खरिदको लागि कर्जा दिने गरेको थियो । घर÷जग्गा खरिदको लागि कर्जा नपाउने भएपछि अभिकर्ताहरुले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका पुनरावलोकन गर्न आग्रह गर्ने तयारी गरेको छ ।
निर्देशिका संशोधनमा पुर्नविचार गर्न बीमा समितिलाई आग्रह गर्ने तयारी गरिरहेको बताइएको छ । बीमा समितिको पछिल्लो निर्णयहरुले अभिकर्ताहरुलाई व्यवसायमा लाग्न उत्प्ररित गर्नुको साटो निरुत्साहित पारेको बताइएको छ ।
प्रतिक्रिया