काठमाडौं - काठमाडौं जिल्ला अदालतले बंगलादेशस्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर तत्काल कसैलाई पनि बिक्री नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले आफूले पहिले नै शेयर किन्न सम्झौता गरिसकेको हुँदा अन्य पक्षलाई नबेच्न मुद्दा हालेका थिए । काठमाडौं जिल्ला अदालतको उक्त मुद्दाको फैसला गर्दै अदालतले शेयर बिक्री नगर्नु नगराउनु’ भन्ने आदेश दिएको हो । अदालतले ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेशमा भनिएको छ ।
मुद्दाको आदेश मंगलबार आएपछि लिखित आदेश बुधबार उपलब्ध गराइएको हो । आइएफआइसीको स्वामित्वमा रहेको शेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरीद गर्न लागेको थियो । उनकी श्रीमती सारिकाको नाममा शेयर खरीद गर्ने सम्झौता भएको थियो ।
प्रतिक्रिया