बैंक तथा वित्तीय संस्थाले माघमा पनि निक्षेपको व्याज नबढाउने

४ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले माघ महिनाको लागि पनि निक्षेपमा व्याज दर नबढाउने कसरत गरिरहेका छन् । प्रणालीमा निक्षेपको व्याज दर बढाएर पनि नयाँ निक्षेप नथपिएपछि पुस महिनाको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले व्याज दर नबढाउने सहमति गरेका थिए ।

नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष एवम् कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले माघ महिनामा पनि व्याज दरको विषयमा बैकर्स साथीहरुको राय बुझ्ने काम भइरहेको बताएका छन् । 

बैंकहरुले जस्तै विकास बैंकले पनि माघ महिनाको लागि निक्षेपमा व्याज नबढाउने प्रारम्भिक छलफल अघि बढाएका छन् । फाइनान्सको पनि व्याज नबढाउने अनौपचारिक कुराकानी भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया