गुडविल फाइनान्सको १२.१८ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको ५.२६ प्रतिशत लाभांश आज पारित हुने

४ बर्ष अगाडि

काठमाडौं - आज दुई कम्पनीले लाभांश पारित गर्दै छन् । गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टले बार्षिक साधारण सभाबाट लाभांश पारित गर्ने भएको हो । 

गुडविल फाइनान्स
गुडवील फाइनान्सको वार्षिक साधारण सभा आज होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.१ प्रतिशत बोनस शेयर र ३.९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नवौं वार्षिक साधारण सभा आज आम्रपालि ब्याक्वेट थिरबम सडकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया