जीवन बीमा कम्पनीहरुलाई लाभांश वितरणमाथि प्रतिबन्ध

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमाथि प्रतिबन्ध लगाएको छ । बीमा समितिले जारी गरेको निर्देशन बमोजिम सबै जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेकका लागि लाभांश वितरण गर्दा नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।

बीमा समितिले यही पुस २६ गते जारी गरेको निर्देशन हिजो सबै बीमा कम्पनीहरुमा आईपुगेको छ । नगद लाभांश वितरण गर्न नपाउने निर्णयसँगै जीवन बीमा कम्पनीका सञ्चालकहरुले तत्काल नगदमा प्रतिफल लिन नपाउने भएका छन् । बीमा समितिले नगद लाभांश वितरण गर्ने कार्य अर्को व्यवस्था नहुन्जेलसम्मको लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

फ्युचर बोनसको प्रोभिजनका कारण नगद लाभांश लिनै नसक्ने अवस्थामा रहेको जीवन बीमा कम्पनीका लगानीकर्ताहरुलाई बीमा समितिले अर्को निर्णयले नगद लाभांश लिन प्रतिबन्ध लगाएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया