काठमाडौं, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०७७र७८ को लाभांश अनुमोदन आफ्नो १० औँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ।
सभाले कम्पनीको चुक्तापुँजी रु.४१.१ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी रु.५६.७६ करोड पुर्याउनुका साथै अधिकृत पुँजी रु. १ अर्ब पुर्याउने निर्णय गरेको छ। यसका साथै बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्रै वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंककातर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एकजना र फाइनान्स कम्पनीका तर्फबाट एकजना गरी हाल ६ जना प्रतिनिधि छन्।
प्रतिक्रिया