काठमाडौं- यातायात व्यवस्था विभागले दैनिक ७ हजार स्मार्टलाइसेन्स प्रिन्ट शुरु गरेको छ । आगामी माघ भित्रै बाँकी रहेका सबै स्मार्ट लाइसेन्स छाप्ने गरी विभागले तीन सिफ्टमा लाइसेन्स छपाइ शुरु गरेको हो ।
विभागका अनुसार हालसम्म ४ लाख ५३ हजार जनाको स्मार्ट लाइसेन्स छपाई बाँकी छ ।
हाल विभागसँग रहेको मास प्रिन्टरले एक मिनेटमा ४ वटा कार्ड छाप्ने र त्यसै अनुसार माघ भित्र बाँकी रहेका सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउने जनाएको छ ।
अव नवीकरण गर्नेले र स्मार्ट लाईसेन्स पाउन बाँकी ४ लाख ५० हजारले मात्रै स्मार्ट लाइसेन्स पाउने छन् । नयाँ ट्रायल दिएर बसेका सेवाग्राहीलाई एक बर्षको लागि परीक्षणकालीन लाइसेन्स उपलब्ध गराइने छ ।
प्रतिक्रिया