काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीको (सिईओ) शंकर कुमार रायमाझीले वार्षिक तलब सुविधाबापत ३४ लाख ५६ हजार रुपैयाँ माथि बुझेका छन् ।
कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६र७७ मा रायमाझीले कम्पनीबाट तलव बापत बुझेको ३४ लाख ५६ हजार रुपैयाँ स्वीकृत गरेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले अन्य व्यवस्थापनका पदाधिकारीहरूलाई भुक्तानी भएको तलव भत्ता उपलब्ध गराएको प्रस्ताव समेत पारित गरेको छ। लेखापरीक्षण समितिका सदस्यहरूलाई भुक्तानी भएको बैठक भत्ता वापत १७ लाख १८ हजार रुपैयाँ पनि सभाले पारित गरेको छ । त्यस्तै, सञ्चालक समितिका सदस्यहरूलाई भुक्तानी भएको बैठक भत्तावापतको रकम पनि सभाले पारित गरेको छ ।
प्रतिक्रिया