लगातार बढी रहेको शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो समय लगातार बढी रहेको शेयर बजार साताको चौथो कारोबारको दिन(बुधबार) दोहोरो अंकले घटेको छ । 

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३०.५१ अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ को विन्दुमा पुगेको छ । नेप्से १.०८ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ को विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २२९ वटा कम्पनीको एक करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर बढेको छ भने बाँकी सबै उपसमूहहरुको उपसूचक घटेको हो ।

बुधबार नेपाल बंगलादेश बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड ६९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ६.२१ प्रतिशतले घटेर ४ सय ६७ रूपैयाँमा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया