मकर मेलामा भिड नहुने गरी मकर स्नान र दर्शन गर्ने पनौती नगरको निर्णय

४ बर्ष अगाडि

काठमाडौं- कोरोना संक्रमणको दर बढ्दै गएपछि काभ्रे जिल्ला पनौती नगरपालिकाले २५ जना बढी भेला हुन रोक लागेको छ ।  

 नगरपालिकाले जानकारी गराए अनुसार कोरोनाका कारण त्रिवेणीघाटामा प्रत्येक १२ वर्षमा माघ महिनाभर चल्ने मकर मेलामा मकर स्नानका लागि लाखौँ तीर्थयात्री आउने गर्दछन् ।

भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै मकर स्नान गर्ने व्यवस्था गरिने भएको छ । 

मकर स्नान गर्न आउने तीर्थयात्रीलाई २५ जना भन्दा  कम र भिडभाड नहुने गरी मकर स्नान गर्ने र दर्शन गर्ने मात्रै व्यवस्था गर्ने र मेला सम्बन्धी सबै कार्यक्रम अर्को सूचना नभएसम्म स्थगन गरिएको कुरा नगरपालिकाले हिजो मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया