मुद्दती निक्षेप राख्न राष्ट्रिय बीमा संस्थानले गर्‍यो गोप्य सिलबन्दी प्रस्तावको आव्हान

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेस गर्ने आग्रह गरेको छ । संस्थानले एक सूचना जारी गर्दै गोप्य शिलबन्दी प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त गरेका इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको हो । 

पुस २८ गतेदेखि माघ २ गतेसम्म संस्थानको प्रधान कार्यालयको वित्त ब्यवस्थापन विभागमा प्राप्त हुने गरी आवश्यक विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया