कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिनुपर्ने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३१ हजार ७२९ कित्ता शेयर अन्य व्यक्ति तथा संघ संस्थालाइ बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी रुपेश थापाको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको २६ हजार ८९४ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले (पुस २८ गते) १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सकिने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया