एनआईसी एशिया बैंक भारी संख्यामा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशबाट भारी संख्यामा कर्मचारी माग गरेको हो । 

एक सुचना जारी गर्दै बैंकले सातै प्रदेशबाट ५ पदमा कर्मचारी आवश्यक रहेको जानकारी गराएको छ । बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर, सर्भिस म्यानेजर, रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पद पुर्तिका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया