प्रोगेशिभ फाइनान्सको लाभांश परिमार्जन,अब कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं-प्रोगेशिभ फाइनान्स लिमिटेडको लाभांश परिमार्जन भएको छ । 

हिजो पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण परिमार्जन भएकोले लाभांशमा समेत परिमार्जन गरेको हो ।

फाइनान्सले लाभांश दरमा परिमार्जन गरी चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ६ प्रतिशतका दरले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशतले हुन आउने २५ लाख २६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

यस अघि कम्पनीले ७ प्रतिशत बोनस शेयर तथा ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया