४ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन( बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) ४ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रु.५५ ले बढेर ६०५.२० र निफ्राको रु.३३.९० ले बढेर रु.३७२.९० पुगेको छ ।

यसैगरी, मध्य भोटेकोशी जलविद्युत र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । मध्य भोटेकोशीको शेयरमूल्य प्रतिकित्ता रु.३४४.८० पुगेको छ भने नारायणी डेभलपमेन्ट बैंकको रु. ६२७.९० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया