नेशनल लाइफ इन्स्योरेन्सले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो

४ बर्ष अगाडि

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमार्फत् बिक्री खुल्ला गरेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३८७.३० रुपैयाँ तोकेको छ । सो अनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले बोलकबोल गर्दा न्यूनतम १ कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । 

आवेदन दिदा माघ ५ गते भित्र कम्पनीको बिक्री प्रबन्धक एन आइसी एशिया क्यापिटल लिमिटेड, एनआइसी एशिया बैंक र विभिन्न शाखा मार्फत आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया