काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटमा फेरि समस्या देखिएको छ।
हिजो शेयर बजार बन्द भएदेखि नेप्सेको पुरानो वेबसाइट पनि नचलेको हो। पुरानो वेबसाइटमा ‘रिफ्युज टु कनेक्ट’ भनेर देखाइरहेको छ।
पुरानो वेबसाइट नचल्दा महत्वपूर्ण सूचना तथा डाटा खोज्न लगानीकर्ताहरुलाई समस्या भइरहेको छ। नयाँ वेबसाइट सूचना तथा डाटा पूर्ण रुपमा नरहेको उनीहरुको गुनासो छ।
नेप्सेका अनुसार हाल गुगल क्रोम ब्राउजरमा नेप्सेको पुरानो वेबसाइट नचलेको र फायर फक्स ब्राउजरमा भने पुरानो वेबसाइट चल्ने जनाएको छ ।
प्रतिक्रिया