कोरोना प्रभाव : सानिमा जनरल इन्स्योरेन्स र सिभिल बैंकको साधारण सभा अनलाइन मार्फत हुने, कुनको कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको संक्रमण बढे सँगै सानिमा जनरल इन्स्योरेन्स र सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा अनलाइन मार्फत गर्ने भएका छन् । 

सानिमा जनरल इन्स्योरेन्स
कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै सानिमा जनरल इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा अनलाइन मार्फत मात्र हुने भएको छ । यस अघि पुस ३० गते बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैंङक्वेट धुम्बाराही काठमाडौंमा र अनलाइन मार्फत समेत हुने भनेको सभा अब अनलाइन मार्फत मात्र गर्ने भएको हो ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै मेला भेला तथा महोत्सवहरु नगर्ने भनि दिएको आवेशलाई कार्यन्वयन गर्दै अनलाइन मार्फत गर्ने निर्णय गरेको हो । सो सभा पुस ३० गते बिहान ११ बजे विद्युतीय माध्यम जोम एप मार्फत बस्ने भएको हो ।

सिभिल बैंक लिमिटेड
सिभिल बैंक लिमिटेडले पनि आफ्नो वार्षिक साधारण सभा अनलाइन मार्फत गर्ने भएको छ । बैंकको ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया