काठमाडौं - जनकपुरधामबाट ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित एक पक्राउ परेका छन् ।
जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् ।
सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५ प। ८२७ नम्बरको २२० सी।सी।को प्लसर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँबराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया