काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । कम्पनीले आफ्नो २३औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई ५२ करोड ६३ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले चुक्ता पूँजीको २९.५० प्रतिशतले हुन आउने ५० करोड २५ लाख रुपैयाँको बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ५० करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया