काठमाडौं - भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ ।
रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो ।
प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रंगशाला निर्माणमा हालसम्म ५१ करोडबढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् । रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।
प्रतिक्रिया