काठमाडौं - कोरोना भाइरस संक्रमण दर बढेपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।
मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १८ बुँदे आदेश जारी गर्दै मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् ।
सभा सम्मेलन गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ । बैंठकले २५ जना भन्दा बढी भेला नदिन, राजनीतिक गतिविधि तथा ठूलो जमातमा हुने सभा समारोहमा रोक लगाउने र माघ १५ सम्म विद्यालय बन्द गर्ने लगायतका निर्णय गरेको हो ।
पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयहरुलाई स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तालिका बनाउन आदेश समेत दिइएको छ ।
कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।
प्रतिक्रिया