काठमाडौं - बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ । लक्ष्मी बैंकका सीईओ र सेञ्चुरी कमर्सियल बैकका सीईओले एक वर्षमा आकर्षक तलब लिएका छन् ।
लक्ष्मी बैंक
लक्ष्मी बैकले सीईओ अजयबिक्रम शाहलाई एक वर्षमा १ करोड १५ लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी प्रमुख कार्यकारीलाई अन्य सुविधा अन्तर्गत २९ लाख ५६ हजार रुपियाँ भुक्तानी गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृतबाहेकका पदाधिकारीहरुलाई ६ करोड ७२ लाख ९२ रुपैयाँ तलब भत्ता भुक्तानी गरिएको छ भने अन्य सुविधा अन्तर्गत सीइओ बाहेकका पदाधिकारीहरुलाई १ करोड ३९ लाख ३५ हजार रुपैयाँ भुक्तानी दिएका छन् । अन्य सुविधामा गत वर्षका नाफाबाट दिइएको बोनस पर्दछ ।
सेञ्चुरी कमर्सियल बैक
सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा एक करोड ५७ लाख १८ हजार ५०० रुपैयाँ तलब सुविधा भुक्तानी गरेको छ । यो सुविधा प्रमुख कार्यकारीका रुपमा तुलसीप्रसाद गौतमले बुझेका हुन् । उनी गत असार २० गते राजीनामा गरेर बाहिरिएका छन् ।
हाल बैंकको कामु सिइओमा मनोज न्यौपाने कार्यरत छन् । वार्षिक प्रतिवेदन अनुसार उनले तलब भत्ता एक करोड २६ लाख, दसैं भत्ता १० लाख ५० हजार, सञ्चय कोष सुविधा ७ लाख ५६ हजार र अन्य भत्ता भनेर १३ लाख १२ हजार ५ सय रुपैयाँ बुझेका छन् ।
प्रतिक्रिया