काठमाडौं - इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका एक सय २५ जना कामदार पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका छन् । वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो चरणमा प्रस्थान गर्ने भएका हुन् ।
वैदेशिक रोजगार विभागका अनुुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मङ्गलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ । विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुुरु भइसकेको जानकारी दिएका छन् ।
उनले इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मङ्गलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।
प्रतिक्रिया