आज ४० प्रतिशत लाभांश पारित गर्दै नेपाल क्लियरिङ हाउस

४ बर्ष अगाडि

काठमाडौं - नेपाल क्लियरिङ हाउसको १०औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा दिउँसो १२ः१५ बजे होटल याडिसन लाजिम्पाट काठमाडौंमा बस्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया