दुई कम्पनीको साधारण सभा आज हुँदै छ । लाभांश उन्नति सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा हुँदै छ ।
उन्नति सहकार्य लघुवित्त
उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा बस्ने गरी आव्हान गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेकोे हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंकले १६ औं वार्षिक साधारण सभा आज धरान १ सुनसरीमा बिहान ११ बजे बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनश शेयर र ०.७० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया