काठमाडौं-यूएईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । यूएईको DELIVERY SERVICES कम्पनीले ९९ जना पुरुष बाइक राइडरको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्नसहित ७९ हजार रहेको छ। इच्छुक कामदारले Prastuti Recruitment Pvt.Ltd. कार्यालय बसुन्धारा काठमाडौंमा पुस ३० गते देखि माघ ४ गतेसम्मअन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया