काभ्रे, कोरोना संक्रमणको दर बढ्दै गएपछि काभ्रे जिल्लाले २५ जना बढी भेला हुन रोक लागेको छ । कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को आज बसेको बैठकले सो निर्णय गरेको हो । डिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा सो बैंठक बसेको हो ।
जिल्लाले सार्वजनिक स्थलमा सबै प्रकारका भेला तथा २५ जना भन्दा बढी भेला हुने गरी मेला महोत्सवहरु गर्न रोक लगाएको छ ।
यस्तै, कोरोनाका कारण पनौती नगरपालिको त्रिवेणीघाटामाप्रत्येक १२ वर्षमा लाग्ने मकर मेला पनि प्रभावित भएको छ । माघ महिनाभर चल्ने यस मेलामा मकर स्नानका लागि लाखौँ तीर्थयात्री आउने गर्दछन् ।
भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै मकर स्नान गर्ने व्यवस्था गरिने भएको छ ।
मकर स्नान गर्न आउने तीर्थयात्रीलाई भिडभाड नहुने गरी मकर स्नान गर्ने र दर्शन गर्ने मात्रै व्यवस्था गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया