काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ३३ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा ३१३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३५ हजार ९२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ९६७ जना पुगेको छ।
संक्रमितमध्ये हालसम्म ८ लाख १४ हजार ७९८ जना निको हुँदा कुल ११ हजार ६०७ जनाको मृत्यु भएको छ। हाल देशभर ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया