जानकी फाइनान्सको लाभांश प्रस्ताव, कति प्रतिशत र बोनस कति ?

४ बर्ष अगाडि

काठमाडौं- जानकी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आज पुस २७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ४ लाख ११ हजार १०० रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ९ करोड ६१ हजार ७०० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ४० हजार ८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया