काठमाडौं- साताको तेस्रो कारोबारको दिन( मंगलबार) नेप्सेमा अन्तिम समयसम्ममा ८ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा बढेको छ ।
आज ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो भने बाँकी ३ कम्पनीको शेयर ९ प्रतिशत बढीले बढेको छ ।
आज नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
सिभिल लघुवित्तको शेयरमूल्य ९.९२ प्रतिशत,ङादी हाइड्रोपावरको ९.७९ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंक ९.०१ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया