काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा ५ कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ ।
कारोबारको करिब करिब अन्तिम समयसम्म नबिल इक्विटी फण्ड,सिद्धार्थ इक्विटी फण्ड,मध्य भोटेकोशी जलविद्युत,सनराइज फस्ट म्युच्अल फण्ड र अपि पावर कम्पनीको शेयर खरिदमाग उच्च रहेको हो ।
नबिल इक्विटी फण्डको सर्वाधिक ५ लाख २ हजार ८८६ कित्ता शेयर खरिदमाग रहेको छ ।
यस्तै,सिद्धार्थ इक्विटी फण्डको ४ लाख १२ हजार ९०० कित्ता,मध्य भोटेकोशी जलविद्युतको ४ लाख ४ हजार ९६४ कित्ता,सनराइज फस्ट म्युच्अल फण्डको ३ लाख ६१ हजार ४६२ कित्ता र अपि पावर कम्पनीको २ लाख ९६ हजार ९०१ कित्ता शेयर खरिदमाग भएको छ ।
प्रतिक्रिया