शिवम् सिमेन्टद्धारा ३ हजार ४५ निर्माणकर्मीको रु. ५ लाखको जोखिम बीमा

४ बर्ष अगाडि

काठमाडौं, शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया गर्नुका साथै उनीहरुको ५ लाख रुपैयाँबराबरको जोखिम बीमासमेत गरिदिएको छ।

ती कार्यक्रममा उपस्थित निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। सोही कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीका लागि ५ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी पनि हस्तान्तरण गरिएको थियो। यसका साथै उपस्थित ३ हजार ४५ निर्माणकर्मीलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्स आदि पनि प्रदान गरिएको थियो। 

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल फ्री.नं. १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ।

 
“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्प्रोमाइज” जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ। देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो।

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया