जीवन बीमा कम्पनीहरुको पनि नगद लाभांश रोक्ने तयारीमा बीमा समिति

४ बर्ष अगाडि

काठमाडौं, बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न नदिने भएको छ । निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश वितरण नगर्न निर्देशन दिएको समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न रोक लगाउने भएको हो ।

जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको तयारी गरिरहेकाले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न रोक लगाउने तयारी भइरहेको बीमा समितिले जनाएको छ ।

रिक्स बेसमा जानु पर्ने भएकोले पनि नगद लाभांशलाई रोकेर बोनस वितरणमा जोड दिएको समितिले जनाएको हो । 

समितिले सोमबार मात्रै निर्जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया