हिमालयन बैंकको कञ्चनपुरको भीमदत्तमा शाखा विस्तार

४ बर्ष अगाडि

काठमाडौं, हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६ चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त  शाखाबाट सम्पूर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ। 

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ। बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौँ शाखा हो। 

यस शाखासमेत हाल बैंकको कुल शाखा संख्या ७४ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४८ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया