काठमाडौं– विवेकशिल नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्नेगरी समाचार प्रकाशन गर्ने अनलाइन पत्रकार सुमन अधिकारी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिसु मिडिया प्रा.लि. अन्तर्गत क्यापिटल हेडलाइन डटकमका सम्पादक अधिकारीलाई बिहीबार काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
अपराध महाशाखाले यसअघि दर्शनाकै बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गर्ने मुक्ति खबर डटकमका श्याम रोक्कालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
बिहिबार पक्राउ परेका गोरखा स्थायी घर भएका अधिकारीमाथी पनी विद्युतिय अपराध कसुर अन्तर्गत अनुसन्धान गरिने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया