काठमाडौं- सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकुमार गिरी नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गिरीलाई सीईओमा नियुक्त गरेको हो। गिरीलाई पुस २६ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।
गिरी यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।
प्रतिक्रिया