काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
संस्थाको अघिल्लो दिन कायम ३६६० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २६१४ रुपैयाँ २९ पैसा कायम गरेको छ ।
प्रतिक्रिया