काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारण सभा आज हुँदैछ ।
संस्थाको वार्षिक साधारण सभा आज बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७.७० प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया