नेप्सेको सिईओ नियुक्तका लागि ३ जनाको नाम सिफारिस, को को ?

४ बर्ष अगाडि

काठमाडौं,  नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तीका लागि ५ जनामध्ये तीन जनाको नाम सिफारिस भएको छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका मध्ये तीन जनाको नाम सिफारिस गरेको हो।

डा. रमेशकुमार भण्डारी, डा. केशव श्रेष्ठ र कृष्णबहादुर कार्की सिफरिसमा परेको छ। 

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका उनीहरु सहित प्रविण पन्दाक, रमेश घिमिरे मध्येमा समितिले डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीलाई अन्तिम तीन जनामा सिफारिस गरेको हो।

तीनमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले आगामी चार बर्षका लागि नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेछ। सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएकाले चन्द्र सिंह साउदले सीईओ पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया