काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारी आगन्तुक रिसोर्ट प्रालिमा छुट पाउने भएका छन्।
बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्बन्धमा सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्टका तर्फबाट कम्पनीका सञ्चालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताअनुसार अब बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवामध्ये खाना तथा पेय पदार्थमा बढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीले सेवा खरिद गर्दा बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ वा क्यूआर कोर्डमार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया