११४२९ जनाको परीक्षणमा १४४६ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ८ हजार नजिक

४ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा २५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३३ हजार ९४६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ५०४ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख १४ हजार ४८५ जना निको हुँदा कुल ११ हजार ६०६ जनाको मृत्यु भएको छ। हाल देशभर ७ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया