सोमबार पनि शेयर बजारको सकारात्मक यात्रामा निरन्तरता,  ७ अर्ब बढीको कारोबार

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजारमा सकारात्मक यात्राले निरन्तरता पाएको छ ।

आज नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । नेप्से ०.७० प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २३६ वटा कम्पनीको एक करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ १३ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कूल १३ उपसमूहमध्ये ३ उपसमूहको मात्र उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । 

सोमबार गोर्खाज् फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज १ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै युनियन हाइड्रोपावरको शेयरमूल्य पनि ९.९९ प्रतिशत र कर्पोरेठ डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । 

यस दिन प्रभु सेलेक्ट फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.१७ प्रतिशतले घटेर एक हजार ९.१७ रूपैयाँमा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया