काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्सेमा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ ।
आज सोही रकमको कारोबार हुँदा सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ । कम्पनीको आज एकैदिन २२ करोड ७७ लाख ४० हजार ९१७ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेपाल टेलिकमको २१ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ३ लाख, अपि पावर कम्पनीको १९ करोड २८ लाख र नेशनल हाइड्रोपावरको १८ करोड ९४ लाख भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया