काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २ लाख ३३ हजार १ सय ५१ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस बापतको २ लाख ३३ हजार १ सय ५१ कित्ता शेयर सूचिकृत भएको हो ।
संस्थाको गत बर्ष चैत ३१ गते मंगलबार सम्पन्न पाँचौं वार्षिक सभाले पारित गरेको आर्थिक वर्ष २०७६र७७ को मुनाफा प्रस्तावित शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया