काठमाडौं - लिंकन युनिभर्सिटी कलेजले 'दीक्षान्त समारोह २०२२' गर्ने भएको छ । कलेजले मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरुबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षान्त समारोहमा उपाधिद्वारा दीक्षित गर्ने भएको छ ।
'दीक्षान्त समारोह २०२२' कार्यक्रम आगामी माघ १५ गते बिहान १०ः०० बजेदेखि गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुने भएको हो । लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशनद्वारा इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५औं स्थानमारहेको छ ।
लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्व स्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरू मध्ये एक हो । हाल विश्व विद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर विद्यावारिधि तहका शैक्षिक पाठ्यक्रमहरू सञ्चालन गराउँदै आएको छ ।
विश्व विद्यालयको सम्बन्धनमा सञ्चालित ११ वटा शिक्षण संस्थाहरूको साझा संस्था लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल ९लुक्यान० का अध्यक्ष रेश्ता झाका अनुसार विश्व विद्यालयले हाल सम्म तीन वटा दीक्षान्त समारोह सम्पन्न गरी २००० बढी विद्यार्थीहरूलाई उपाधिद्वारा दीक्षित गरी सकेको छ ।
साथै यस वर्षको दीक्षान्त समारोह मार्फत १५०० बढी विद्यार्थीहरू उपाधिद्वारा दीक्षित हुने उनले बताए । विद्यार्थी, अभिभावक, अतिथि, शिक्षक, विश्व विद्यालय तथा शिक्षण संस्थाका प्रतिनिधिहरू लगायतका ३००० बढी ब्यक्तिहरू सम्मिलित यस दीक्षान्त समारोह २०२२ कार्यक्रम निजी शिक्षण संस्थाहरुद्वारा गरिने एक उत्कृष्ट कार्यक्रम हुने बताइएको छ ।
प्रतिक्रिया