पाइपलाइनमा रहेका २३ जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासन अनुमति तत्काल अघि बढाउन माग

४ बर्ष अगाडि

काठमाडौं - पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले नेपाल धितोपत्र बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान ० को संंयोजकत्वमा उनीहरुले भेट गरेका हुन् । 

आईपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुको सम्बन्धमा बोर्डले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इप्पानले बोर्डका पदाधिकारीसँग भेट गरी यस्तो माग गरेको हो । इप्पानले एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गर्न माग गरेको छ । साथै उक्त मागको सुनुवाई एक हप्ताभित्र नभएमा थप सशक्त आन्दोलनमा जान समेत तयार रहेको जनाएको छ ।

जलबिद्युत कम्पनीहरुको आईपीओ सम्बन्धमा बोर्डको निर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएका छन् । आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको छ । निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको छ । 

आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया