निर्धन उत्थान लघुवित्तको ३१.०५ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३ औं वार्षिक साधारण सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको छ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया