बीमा समितिद्धारा एशियन लाइफको २७ प्रतिशत लाभांश स्वीकृत

४ बर्ष अगाडि

काठमाडौ- एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई वितरण गर्ने २७ प्रतिशत लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत दिएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा बीमा समितिबाट स्वीकृत पाएको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया