नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, अब बैंकको शेयरमूल्य ४५४ रुपैयाँ ८० पैसा

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले बैंकको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ४५४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन बैंकको शेयर प्रतिकित्ता ९८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया